इटहरी / सुनसरीकाे इटहरीमा पुन: लकडाउन हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको आपतकालीन बैठकले इटहरीमा ५ दिन पुर्ण लकडाउन गर्ने निर्णय गरेको हाे । इटहरी नगर क्षेत्र भित्र समुदायमा कोरोना भाइरसको संक्रमण

बढ्दै गएकाले इटहरी उपमहानगरपालिका क्षेत्र भित्र लकडाउन गरीएकाे छ । इटहरीका २० वटै वडा क्षेत्र भित्र वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन हुने भएकाे हाे । इटहरीमा केही दिन यता समुदायमा संक्रमण देखिन थालेको छ । लामो यात्रा विवरण नभएका व्यक्तिमा संक्रमण देखिए पछि जनमानसमा पनि त्रास बढेको छ ।

सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक
सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्श निकालेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

बैठकले अत्यावश्यक बाहेकका बजार, पसल मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । त्यस्तै बैठकले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरुमा एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राख्ने, सीमामा थप कडाई गर्ने निर्णय समेत गरेको छ । बैठकले संक्रमण देखिएका स्थानहरुमा आवश्यकता हेरी पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने समेत निर्णय गरेको छ ।

प्रशासनमा भएको छलफलले स्थानीय तहले आफ्नो क्षेत्रमा लक डाउन गर्नु पर्ने अवस्था आए स्वयं निर्णय गर्न सकिने समेत जनाएको छ । यसैबिच इनरुवाको मूख्य बजारमा रहेको औषधी व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र लक डाउनको तयारी गरेको छ । दिउँसो बस्ने बैठकले लक डाउनको विषयमा निर्णय गर्ने नगर प्रमुख राजन मेहताले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News