
वासिङटन डीसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपतिसँग आफ्नो सम्बन्ध राम्रो भएको तर अहिले त्यस्तो नभएको बताएका छन्। मंगलबार फक्स स्पोटर््सलाई अन्तरवार्ता दिँदै उनले कोरोनाका कारण आफ्नो सम्बन्ध पहिले जस्तो नभएको बताएका हुन्।‘उहाँसँग मेरो
निकै राम्रो सम्बन्ध हुने गथ्र्यो’, राष्ट्रपति ट्रम्पले भने, ‘राष्ट्रपति सीसँग मेरो ठूलो सम्बन्ध थियो। उहाँ मलाई ठिक लाग्छ, तर अहिले पहिलेजस्तो मलाई लाग्दैन।’ट्रम्पले राष्ट्रपति सी र चीनप्रतिको आफ्नो भावना कोरोना महामारीले परिवर्तन गराइदिएको बताएका छन्। ‘निश्चित रूपमा फरक महसुस गर्छु’, उनले भने, ‘धेरै नै राम्रो सम्बन्ध थियो। तर लामो समय भयो उहाँसँग कुरा गरेको छैन।’
यसअघि ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ समेत भनेका थिए। यसैकारण अमेरिका–चीन सम्बन्ध खराब भएको थियो।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट हालसम्म विश्वभर २ करोड २० लाख १० हजार बराबर संक्रमित भइसकेका छन्। जसमध्ये ७ लाख ३९ हजार ९६० को ज्यान गएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र ५१ लाख ४१ हजार १३ संक्रमित भएका छन्। त्यस्तै १ लाख ६४ हजार ५३६ ले ज्यान गुमाएका छन्।