सिन्धुपाल्चोक । साउन २३ गते जुगल गाउँपालिका–२ का पुर्व गाउँ विकास समितिका अध्यक्ष जलबहादुर लामासहितको स्थानीयको टोलीले जिल्ला विपद व्यवस्थापन समितिलाई आफुहरु जोखिममा रहेकाले आवश्यक सहयोग गरिदिनका लागि अनुरोध गरेको थियो । स्थानीयले आफु

हरुको बस्ती जोखिममा रहेको थाहा पाएका थिए र सहयोगका लागि स्थानीय सरकार देखि प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी निकायहरुमा अनुरोध गरेका थिए । जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरेको एक सातापछि जुगल गाउँपालिका–२ लिदीमा भयंकर पहिरो गयो, एउटा बस्ती नै सखाप भयो भने ३८ जना पहिरोमा वेपत्ता भए । भुकम्पपछि भुगर्वविदहरु यो ठाउँलाई उच्च जोखिममा रहेको क्षेत्र भनेर भनेपनि सरकारले त्यसको पुर्व तयारी नगर्दा अहिले ठुलो क्षती भएको स्थानीयले बताएका छन् । विपद व्यवस्थापन समितिलाई लेखेको पत्रमा आफुहरुको बस्ती जोखिममा भएपनि बस्तीमुनि बलेफी खोलामा बलेफी ‘ए’ जलविद्युत आयोजनाका कारण झन समस्या भएको जानकारी गराएका थिए ।

जलविद्युत आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा गरेको ब्लाष्टीङले भुकम्पले चिरा परेको जमिन फेरी चर्केको पुर्व अध्यक्ष जलबहादुर लामाले बताए । हामी गाउँका कसैलाई पनि थाहा छैन,केही टाठा बाठा हरु मिलेर जलविद्युत आयोजनालाई सुरुङ खन्न दिएछन् लामाले भने–‘त्यही कारण अहिले यो समस्या भयो ।

गोल्चेका स्थानीयले गत वर्षपनि सिन्धुपाल्चोकका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई आफुहरुको बस्ती स्थान्तरण गरिदिन माग गरेका थिए । त्यतीबेला जोखिम बस्ती अध्ययन गर्ने सहमती भएको थियो,तर पछि केही पनि भएन लामाले भने–‘सरकारले समयमा नै हाम्रो कुरा नसुन्दा आज यो घटना भयो ।’

स्थानीयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सभामुख, प्रदेश सरकार, प्रदेश सासंद, पुननिर्माण प्राधिकरण र विद्युत विकास विभागलाई समेत स्थानीयको समस्याका बारेमा अवगत गराएका थिए । जुगल गाउँपालिकाले पनि सो क्षेत्रका ४ सय बढी स्थानीय पहिरोको उच्च जोखिममा रहेकाले सहयोग गरिदिनका लागि सबै सरकारी निकायलाई आग्रह गरेपनि प्रदेश र केन्द्र सरकारले चासो नदिएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News