वि.सं. २०७७ भदौ १६। मंगलवार। इ.स. २०२० सेप्टेम्बर १। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ०८:५३ उप्रान्त पूर्णिमा। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त:

साँझ ०६:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा लगाम लगाउनु पर्ला, नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मन कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News