आज अशाेज १ गते कन्या संक्रान्ति अर्थात १७ सेप्टेम्बर भगवान विश्वकर्माको पूजा गरिन्छ । विश्वकर्मा बाबाकाे जन्म दिन भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजा आजा गरिन्छ । नेपालकाे

विभिन्न जिल्ला लगायत भारतमा समेत विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विभिन्न उद्योग कलकारखानाहरुमा विश्वकर्मा पूजाकाे ठूलाे महत्त्व रहेको छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्ने गर्छन । आजकाे दिन धेरैजसो कलकारखाना बन्द रहने तथा मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार भनेर भनिने गरिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेकाे भन्ने धार्मिक जानकारहरु बताउँछ । भगवान महादेवले ब्रह्मा तथा विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएकाे भन्ने मान्यता रहेकाे पाहिन्छ ।

भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर उल्लेख गरिएको छ । बाबा विश्वकर्माकाे अनन्त तथा अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका साथै कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छ । विश्वकर्माकाे पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिनुका साथै काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने धार्मिक विश्वास रहेको पाहिन्छ । विश्वकर्मा एक महान ऋषि तथा ब्रम्हाज्ञानी थिए । उनले नै देवताको घर, नगर, अस्त्र-शास्त्र आदि निर्माण गरेकाे हुँदा उनी महान शिल्पकार थिए । वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् । महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख गरेकाे पाइन्छ ।

वराह पुराणको अ. ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकारार्थ ब्रम्हा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गरेका थिए । प्राचिन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु निर्माण गरेका कारण उनलाई आचार्यको पनि आचार्य भनिन्छ । प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका कारण उनलाइ सम्मान पूर्वक विश्वकर्मा बाबा (गुरु) काे रुपमा सम्झने गरिन्छ ।

समून्द्र मन्थनबाट भएको थियो भगवान विश्वकर्माको जन्म
यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । स्वर्ग लोक, सुनको शहर, लंका तथा कृष्णको नगरी, द्वारका यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News