वि.सं. २०७७ कात्तिक १५। शनिवार। इ.स. २०२० अक्टोबर ३१। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, १९:३३ उप्रान्त प्रतिपदा। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त :

साँझ ०५:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:२४ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सामाजिक कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News