वि.सं. २०७७ कात्तिक १६। आइतवार। इ.स. २०२० नोभेम्बर १। शकसंवत् १९४२ । ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। प्रतिपदा, २१:३९ उप्रान्त द्वितीया। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१५

बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथीको आगमनपनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा सङ्का र मनमा दुविधा उत्पन्न होला । सामान हराउन सक्छ । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक कामपनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News