२०७७ मंसिर ८ गते, साेमवार, २३ नाेभेम्बर २०२०। कार्तिक शुक्लपक्ष, नवमी तिथि (२७ः१३ बजेपछि दशमी), शतभिषा नक्षत्र (१६ः४६ बजेउप्रान्त पूर्वभाद्रपदा), चन्द्रराशि– कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय

: बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाईलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ,साहित्य तथा संगीतमा रुचि बढनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News