२०७७ मंसिर २६ गते, शुक्रवार, ११ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, एकादशी तिथि (७ः१० बजेदेखि द्वादशी), स्वाती नक्षत्र, चन्द्रराशि– तुला। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ

०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News