२०७७ पुस ७ गते, मंगलवार, २२ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, अष्टमी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, पोखरा,

कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मी बाट विरोध आउला । स्वास्थ्य बिगर बिग्र भय पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । आकस्मिक धन लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाईसंग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोश जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News