२०७७ पुस ८ गते, बुधवार, २३ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, नवमी तिथि। रेवती नक्षत्र। चन्द्रराशि– मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५: १३ बजे, पोखरा, कास्की,

नेपालमा सूर्योदय : बिहान ०६:५९ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे ,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत वढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मुल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News