२०७७ पुस ११ गते, शनिवार, २६ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, द्वादशी तिथि। भरणी नक्षत्र (११ः२२ बजेउप्रान्त कृत्तिका)। चन्द्रराशि– मेष (१८ः०१ बजेदेखि वृष)। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०० बजे र सूर्यास्त : साँझ ०५:१९ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाबाट फाइदा हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News