काठमाडौँ : जारी प्रधानमन्त्री कप राष्ट्रि पुरुष क्रिकेट प्रतियोगितामा अहिले नेपाल पुलिस क्लब र बागमती प्रदेश भिडिरहेका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले टस जितेर फिल्डिङ रोजेको छ । पहिलो ब्याटिङ गरिरहेको पुलिसले ताजा अवस्थामा ३२ रन बनाएको

छ । उसले ६ ओभरको समाप्तीमा कुनै विकेटको क्षतिबिना ३२ रन बनाएको हो ।पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेल ओपनिङ गर्न आएका छन् । सुनिलले ३ चौकाको मद्दतमा १७ तथा कुशल ६ रनमा खेलिरहेका छन् ।पुलिसको टिम सुनिल धमला, कुशल भुर्तेल, मन्जित श्रेष्ठ (कप्तान), आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सर्राफ, रसिद खान, अनिल साह बागतीको टिम ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, पारस खड्का, इसान पाण्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, अदिल खान, नन्दन यादव, तिलक भण्डारी, आरियो पौडेल

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ। नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए। प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता सञ्चालन गर्न नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए। उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे। उत्कृष्ट पुरुष खेलाडीले भने मोटरसाइकल पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News