वागमती प्रदेशसभा कार्य परामर्श समितिको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निश्कर्षविहीन बन्न पुगेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली कांग्रेसका सदस्य छिरिङ दोर्जे लामा, पुकार महर्जन, साझा विवेकशीलका शोभा शाक्य तथा राप्रपाका रीता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविस्वासको प्रस्तावलाई शुक्रबार ९ बजे बिहानदेखि ११ बजेसम्ममा प्रदेशसभाको बैठकमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुपर्ने माग गरेक थिए।

उक्त प्रस्तावमाथि शुक्रबार नै बैठक सञ्चालन गरी प्रस्तावलाई सामान्य छलफलमा ल्याउने र अन्य प्रक्रिया पूरा गर्नका लागि एक हप्ताको समय सार्नसमेत सभामुख श्रेष्ठलाई आग्रह गरिएको उल्लेख गरे। प्रदेशसभाको बैठक शुक्रबार सञ्चालनका लागि आज अपराह्न ४ बजेको समयभित्र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सचिवालयले कुनै प्रकारको सूचना सार्वजनिक नगरिएको र बैठक बस्ने सम्भावना न्यून रहेको राप्रपाका प्रदेशसभा सदस्य माझीले जानकारी दिए। रासस वाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगितवाग्मती प्रदेशको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित सबै दलको संसदीय दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिए। अब अर्को बैठक कहिले बस्छ भन्ने अन्योल भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वासको प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने प्रचण्ड–माधव समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन सुरु गरेको पहिलो दिनमा नै संसद् बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो।छ महिनापछि सुरु भएको सातौँ अधिवेशन बुधबार पहिलो बैठक बसेर सदन स्थगन भएको हो। आफ्नै दल नेकपाका सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै अन्योल बनेको वाग्मती प्रदेशसभाको बैठक उक्त विषयले प्रवेश नै पाएन। गत साउन ८ गते चालु आव २०७७/०७८ को बजेट पारित गरेर स्थगन भएको प्रदेशसभा आधा वर्ष अवरुद्ध रहेको थियो।

प्रदेशसभा बैठकको शुरुआतमा सदनमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बोल्ने संसदीय दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मविपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। यद्यपि उक्त विषयमा मुख्यमन्त्री पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताए। सोही अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे। वाग्मती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई-दुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक गरी ११० सदस्य रहेका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Your Views
Related News