काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ ।
लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन

गरेको हो ।विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताए यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभाग दाबी गरेको छ ।

सामाजिक विकास मन्त्रीको अपील
यसैबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । अत्यधिक चिसोको कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालवालिका, अपाङ्गता भएका व्यक्तिहरु, दप्र्घरोगी, जेष्ठ नागरिक, असहाय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समूहका मानिसहरु बढी प्रभावित हुने भएकाले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घर बाहिर ननिस्कन समेत आग्रह छन् ।

एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।चिसो र शीतलहरबाट प्रभावित समुदायलाई सहयोग वितरण भइरहेको जानकारी दिंँदै उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।

शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News