२०७७ माघ १२ गते, सोमवार, २५ जनवरी २०२१। पौष शुक्लपक्ष, द्वादशी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष १२:२५ बजेदेखि मिथुन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :बिहान ०६:५६ बजे

र सूर्यास्त : साँझ ०५:३७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०२ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मानसिक चिन्ता बढ्ने र मनमा दुविधा उत्पन्न हुनसक्छ । मालसामान पनि हराउन सक्छ, तर अनुसंधानात्मक कार्यमा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । खोज मूलक कार्यमा मन पनि जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइएला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आज धर्म, कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । रोकिएको धन हात पर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News