२०७७ माघ २१ गते, बुधवार, ३ फेब्रुअरी २०२१। माघ कृष्णपक्ष, षष्ठी तिथि (१६:०३ बजेदेखि सप्तमी), चित्रा नक्षत्र, चन्द्रराशि– कन्या ११:५२ बजेदेखि तुला। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे

र सूर्यास्त : साँझ ०५:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, माघ कृष्णपक्षको षष्ठी तिथि, दिउँसो ०४:०८ बजेसम्म, त्यसपछि सप्तमी तिथि, चित्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:०८ बजेसम्म,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News