काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक

गरेको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए । घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

दिनेशको साविति बयान- सडकबाट धक्का दिँदा खोल्सोमा लडी, अनी घाँटी थिचेर मारिदिए
यस्तो छ साविति बयान
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे । घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।

भागरथीको बलात्कारका बारेमा मौन
दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ।’जिल्ला प्रहरी कार्यालयमा विस्तृत बयान भइरहेको छ, यी त सबै प्रारम्भिक बयानका आधारमा आएका कुरा हुन, ‘ती प्रहरी अधिकृतले भने ।

रुदै स्वीकारे हत्या
दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, ‘नाबालक हो, नाबालकलाई केही सजाय छुट पनि हुन्छ, भनेर फकाइयो। मंगलबार अबेर राती मात्रै साविति बयान दिए । उनी धेरै रोए, अनी घटना बारे भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News