२०७७ फागुन १६ गते, आइतवार, २८ फेब्रुअरी २०२१। फाल्गुण कृष्ण पक्ष प्रतिपदा तिथि (१२ः५१ बजेदेखि द्वितीया), पूर्वफाल्गुनी नक्षत्र (११ः०८ बजेदेखि उत्तरफाल्गुनी), चन्द्रराशि– सिंह, १६ः५४ बजेदेखि कन्या। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त :

साँझ ०५:५५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भोज भतेरमा सहभागी भईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पईनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा पनि सफलता पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । शेयर बजारको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News