२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त ), चन्द्रराशि– कन्या। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६: २३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे , काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था पनि आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्ला । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । शुभकार्यको चर्चा चल्नेछ । शेयरबाजारमा पनि सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News