काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा ले पार्टीलाई निकास दिन सचिवालय बाहेकका सांसदहरु छलफलमा जुट्न अपील गरेका छन् । उनले पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न ।

सांसदहरुमा अपील गरेका हुन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गरेका हुन् ।
बुधबार फेसबुकमार्फत शर्माले कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने स्पष्ट पारेका छन्। ‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरि पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु।

उनले भनेका छन्,‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएकोसमेत जानकारी गराउँदछु।’ पार्टीमा उत्पन्न विवादलाई सैद्धान्तिक, पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेको बताउँदै सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको शर्माले उल्लेख गरेका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवम् पदीय झगडाका रुपमा आआफ्ना बुझाइ रहेका छन्। जे भएपनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्था सम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो।’ उनले भनेका छन्,

‘जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णयबाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।’ यस अगाडि पनि शर्माले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको धारणा राखेका थिए। उनले विभाजनउन्मूख अगाडि भनेका थिए ,

‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ ।’ शर्माले एकताको एक अभियान्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गरेपनि नेकपा दुई खेमा विभाजित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News