गढिमाई । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रिया मा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका – ६ सिंगारमनमा आयोजित

विष्णुु महायज्ञको उद्घाटन गर्न बुधबार यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिएका हुन् ।अर्काे प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्नसमेत सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगरप्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।
रासस

प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर प्राप्त भए जिम्मेवारी लिनबाट पछि नहट्ने बताएका छन् ।
बुधबार चितवनमा पार्टीले आयोजना गरेको एक सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खण्डमा पछि नहट्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ‌‌‌ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि सत्तारूढ ओली पक्ष र दाहाल-नेपाल पक्षले कांग्रेससँग सहकार्य गर्दै सरकार चलाउने अभिव्यक्ति दिइरहेका छन् ।

बुधबार चितवनमा पार्टीले आयोजना गरेको एक सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खण्डमा पछि नहट्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News