काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव बीच भएको सहमति को स्वागत गरेको नेपाली कांग्रेस ले विप्लव पक्षसँग भएका हतियारबारेको मौनताप्रति प्रश्न उठाएको छ । कांग्रेसका प्रवक्ता व्रिश्वप्रकाश शर्माले ट्वीट गर्दै विप्लव पक्ष सँग रहेका हतियारबारे सम्झौतापत्र मौन रहेकोप्रति

प्रश्न उठाएका हुन् ।उनले ट्वीटमा यसअघि तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा केही हतियार खोलाले बगाएको भनिएकोमा अहिले पुरै हतियारबारे केही उल्लेख नभएको र यसको जवाफ सिंगो देशले चाहिरहेको बताएका छन् । ट्वीटमा उनले लेखेका छन्‚ ‘प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!

यस्तै प्रवक्ता शर्माले अब कम्युनिस्ट दर्शनका नाममा आमनागरिक मारिने छैनन् भन्ने साझा उद्घोष गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई आग्रह गरेका छन् ।
अर्को ट्वीटमा शर्मा लेख्छन्‚ ‘सहमतिलाई स्वागत l ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न- कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’

यो फोर्स होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् । राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए ।

ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’ एउटा कार्यदिशा बाटो बाटो समातेर हिँडिरहेको अवस्थामा कार्यकर्तालाई मोड्न कठिन हुने भन्दै कतिपय नेतृत्वले त्यस्तो कदम चाल्दा असफल हुने भन्दै ओलीले विप्लव भने सफल भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News