काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भने को अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्ष ले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि

बढाउने जनाएको थियो । आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल गरेका थिए । गुरुङको कार्यकक्षमा भएको छलफलपछि प्रचण्ड माधव पक्षका नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर कुराकानी गरेका थिए । सिंहदरबारस्थित प्रमुख सचेतक गुरुङको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच भएको छलफलमा तत्काल अविश्वास प्रस्ताव अघि नबढाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।

उनका अनुसार नेपाली काँग्रेसले अविश्वास प्रस्तावबारे क्लियर कुरा नगरेकाले तत्काललाई सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा नेतृत्व पुगेको हो ।
‘अविश्वास प्रस्ताव अघि बढाउन काँग्रेसको साथ आवश्यक छ । तर, उसले अविश्वास प्रस्तावको पक्षमा साथ दिने वा नदिने कुनै निर्णय गर्न सकेको छैन जसले गर्दा पुर्व योजना तत्काल अघि बढाउन असमर्थ भएको हो’ ती नेताले भने,

‘अव केही दिन पर्ख र हेरकै स्थिति हुने भो ।’ काँग्रेसले नेकपा कानुनी रुपमा विभाजित भएमात्रै आफ्नो धारणा क्लियर गनुपर्ने शुक्रबार बसेको दलको बैठकमा सांसदहरुले दवाव दिएका थिए । ‘निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय गरिसकेको अवस्था छैन । यस्तो अवस्थामा प्रचण्ड–माधव वा ओली कसैलाई सहयोग गर्ने-नगर्ने भन्नेमा काँग्रेसलाई हतार छैन’, काँग्रेस नेता डा. मिनेन्द्र रिजालको भनाइ छ ।

यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठकमा नेकपाले अविश्वास प्रस्ताव लैजाँदा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम राख्नेबारे संवैधानिक खोजी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News