काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न

उठेको बताएका थिए ।सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिए । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । उनले अघि भने ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ ।

माधव नेपाल समूह छलफलमा
काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
सोमबार बिहान बोलाइएको नेकपा प्रचण्ड -नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ। छलफलमा व्यस्त भएपछि प्रचण्ड -नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारेको हो। कानुनी र राजनीतिक छलफलमै व्यस्त भएपछि बैठक सारिएको हो।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरिदिएपछि ओली-प्रचण्ड नेतृत्वको नेकपालाई शंकट उत्पन्न भएको छ। यससँगै अब नेकपाको मान्यता प्रधानमन्त्री ओली र दाहालले नपाउने भएका हुन्।प्रचण्ड-नेपाल समूहका नेताले आइतबार अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवासायीले पुनरावलोकनका लागि जानुपर्ने सुझाव दिएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखेर आयोगमा दर्ता भएपछि उक्त विवाद सर्वोच्चमा पुगेको थियो।

आयोगले आफ्नो नाममा रहेको दलको नाम ओली र दाहाल नेतृत्वको पार्टीलाई दिएको भन्दै नेता कट्टेलले रिट दायर गरेका थिए। आफ्नो पार्टीको नामसँग मेल खाने गरी ओली र दाहालले आयोगमा अर्को दल दर्ता गरेको तर त्यसअघि नै आफूले नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिसकेकाले हकदाबी आफ्नो रहने जिकिर कट्टेलको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News