आइतबारको सर्वाेच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश पछि पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।सोमबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेपालनिकट

स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमाअब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन्।सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्ने, पार्टीभित्र आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालिएको जनाइएको छ । उक्त बैठक समापनपश्चात हाल प्रचण्ड नेपाल समूहको पेरिसडाँडामा स्थायी कमिटीको बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुने जनाइएको छ ।

प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक बाहिरिए घनश्याम भुसाल
काठमाडौं, २४ फागुन । प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरेका छन् ।आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

मोरङमा नेकपा हटाएर एमालेको कार्यालय स्थापना
मोरङ, २४ फागुन । आइतबार पूर्ववत रुपमा एमाले र माओवादी रहेको भन्ने सर्वोच्च अदालतको फैसलापछि खुसी देखिएको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगर–११ मोरङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News