
“११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको थियो ।
“यसबारे बुझ्न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आफैं बुधबार डिल्लीबजार कारागार पुगेका थिए । त्यसको भोलिपल्ट बिहीबार रेशमले विज्ञपित जारी गर्दै ग’लत प्रचार भएको बताएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर ले काम गरिरहेको र सरकारमा जाने नजाने निर्णय आफ्नो एकल प्रयासमा सम्भव नहुने भन्दै उनले भनेका छन्,त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिनँ ।’
यो पनि,,रेशम चौधरीको मु’द्दा : आ’न्दोल’नकारीसँग गृहमन्त्री पनि सडकमा
“काठमाडौं । रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित वि’रो’ध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्ड लामा आयोजित वि’रो’ध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् ।
“वि’रो’ध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयो जना गरेको हो ।आ’न्दोल’नकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलन कारीको १९ बुँदे समस्या र माग बारेमा सर कारको ध्यान गएको बताएका थिए । ‘सरकारको तर्फ बाट म यहाँ उपस्थित छु ।
“तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवाद बाट यसलाई हल गरौँ ।’
“जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेण्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीमा संघ संगठनले समेत चौधरीको रिहाइको मागसहित आन्दोलन गरिरहेका छन् ।
“चौधरीको रिहाइको माग गर्दै राजधानीको माइतीघर मण्डलामा काँग्रेस, एमाले र माओ वादी समर्थित थारु संघ संगठनले आन्दोलन थालेका हुन् । आन्दोलन थाल्नुअघि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।
“माइतीघर मण्डलामा थारु कल्याणकारीणी सभा र थरूहट, थारुवान संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेका छन् ।थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली काँग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा रहेका छन् ।
“चौधरी टीकापुर घटनाका मुख्य दो’षी मानिन्छ न् । उन को रिहाइको माग गर्दै आएको छ भने पछिल्लो समय होडबाजी नै देखिएको छ । थरूहटमा रेशम चौधरीको रिहाइसँग कतिपय नेताहरुको भविष्य जोडिएको छ ।
“त्यही भएर रेशम चौधरी कसको पहल र दवावमा रिहाइ भएको कुरामा होडबाजी चले को बताइएको छ । रातोपाटी।