काठमाडौँ,१३  चैत: वन  तथा  वातावरणमन्त्री प्रेमबहादुर आलेले   जावलाखेलस्थित  सदर  चिडियाखानामा   रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् !मन्त्रालयमा आज चिडि याखानाका  प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले  उक्त रकम प्रदान गरे!कोभिड–१९का कारण चिडि याखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र    जनावरलाई  आहाराका  लागि  रकम  अभाव  भएका कारण मन्त्री आलेले रकम प्रदान गर्नुभएको उहाँका निजी सचिव रविन ग्यालनले जानकारी दिए ।

चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति  संरक्षण कोषले सदर चिडियाखाना व्य’वस्थापन  गरेको  २५  औँ वर्षका अवसरमा जनावरको आहारा र व्य’वस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभि यानसमेत शुरुआत गरेको थियो । उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक  महिनाको  आहाराका  लागि  सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भने, “कोरोनाले चिडियाखाना बन्द भएपछि जनावर को  आहारा  व्य’वस्थापनका  लागि  समस्या  भयो, प्रधान मन्त्रीज्यूसहित  २१ जनाले  आहारा  व्य’वस्थापनका लागि आ’र्थिक  सहयोग  दिने  प्र’तिबद्धता  जनाएका छन्, रकम आउने क्रम जारी छ, आहाराका लागि अब केही सहज हुने छ ।”

वनमन्त्री आलेले  चिडियाखानामा  रहेका जनावरको आहा रा तथा व्य’वस्थापनका लागि अन्य  क्षेत्रबाट  पनि सहयोग जुटाउने प्रतिबद्धता  व्यक्त गरे । सो रकमले हात्तीका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहज हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका  सदस्य सचिव अधिकारीले बताए! reportres Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News