काठमाडौं,१३ चैत। नेकपा  एमालेका  अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले व’रिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई स्पष्टीकरण सोधेका  नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् ।माधवकुमार नेपाल र भीम रावलले दिएको   स्पष्टीकरण  चित्तबुझ्दो  नभएको  भन्दै   संसदीय दलको  नेता  समेत रहेका ओलीले दुबै जनालाई का’रबाही हुने संकेत गरेका हुन् ।

एमालेका प्र’मुख सचेतक वि’शाल भट्टराईका अनुसार शुक्र बार  बालुवाटारमा  बसेकाे संसदीय दलकाे बैठकमा ओली ले नेपाल र रावलले दिएकाे स्पष्टीकरण कारबाही योग्य रहे को बताएका हुन् । बैठकमा  ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको नि’र्णय फिर्ता नहुने समेत बताएकाे भट्टराईले जानकारी दिए ।

‘तत्कालीन व’रिष्ठ  नेता माधव नेपाल र उपाध्यक्ष भीम राव लको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टी करण आउन बाँकी छ। नेपाल र रावलको स्पष्टीकरण कार वाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप नि’र्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ’, भट्टराईले भने

यो पनि पढ्नु होस् ! काठमाडौं, २ चैत । नेकपा  एमालेको माधवकुमार नेपाल समूहकाे केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु भएकाे छ ।  एमालेका अध्यक्ष केपी शर्मा ओली समूहसँगकाे   छलफललगत्तै  माधव  नेपाल  समूहकाे छुट्टै भेला बानेश्वरमा सुरु भएकाे हाे ।

सोमबार पार्टी अध्यक्ष केपी  शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन माधव नेपाल समूहले नेताहरु लाई बोलाएको एक नेताले बताएका छन् ।साझा पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News