“एमालेका सचिव एवं सांसद योगेश भट्टराईले पार्टीला      ई एक’ताबद्ध बनाउने पहल गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आ’ग्रह गरेको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा नेता भट्टराईले पार्टीलाई एकता’बद्ध बना एर लैजाने पहल अध्यक्ष ओलीले गर्नु पर्ने धारणा राखेका हुन्।

“‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं। हामी हरुले पार्टी पूर्ववतः अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ अघिकै अवस्थामा फर्किउ। यहाँबाट नयाँ ढंगले पार्टीलाई एकता’बद्ध बनाएर लैजाऔं।

“मुलुकको प्रधानमन्त्री हुनुको नाता र पार्टीको अध्यक्ष भएको नाताले एक’ताबद्ध बनाएर लैजान तपाईंले पहल कदमी लिनुस् भन्ने धारणा राखेका छौं,’ बैठकपछि भट्टराईले भने।

“बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपम -हासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ठ र भट्टराईले आफ्ना धारणा राखेका थिए। सचिव भट्टराईले विगतका तितामिठा कुरा बिर्सिएर संयम र धैर्यताका साथ अगाडि बढ्नु पर्ने बताए।

“हिजोका कतिपय तितामिठा कुरा बिर्सिऔं। उत्तेजित भएर हैन संयम र धैयर्ताका साथ अगाडि बढ्नुपर्छ। किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ। यो मुलुकले एमालेको एकता खोजेको छ।

“सिंगो वामपन्थीहरुको एकता खोजेको छ,’ उनले भने, ‘जनमतको कदर खोजेको छ। सरकारको    स्थायित्व खोजेको छ। त्यस कारण सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुन:स्थापना गरेर संविधान र लोकतन्त्रको रक्षा गरेको छ। अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टी एकताबद्ध बनाउँ भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं।’

“आफूहरुले राखेका कुरालाई प्रधानमन्त्री ओलीले गम्भीर ताका साथ लिएको पनि उनले बताए। ‘प्रधानमन्त्रीले त्यस लाई गम्भीरताका साथ लिनु भएको छ। उहाँले आजलाई नयाँ घटनाका रुपमा चित्रित गर्नुभयो।

“अस्ति भाग नलिनु भएका साथीहरु पनि आउनु भयो। यसले नयाँ परिस्थिति चित्रित गरेको छ। म सँधै खुला छु, छलफल गरौं भन्नु भयो,’ भट्टराईले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News