काठमाडौं, चैत १५आनी छोइङ डोल्माआनी छोइङ डोल्मा महिनावारीका कुरा श्रृंखलाको यो अंकमा हामीले गायिका आनी छोइङ डोल्मासँग कुराकानी   गरेका छौं। महिनावारी हुँदा आफ्नो घर, समाज र कार्यक्षेत्रको भोगाइ र छोइछाइका कुचलनबारे सेतोपाटीका अनुषा अधिका रीले गरेको कुराकानीको सम्पादित अंशः

“म १३ वर्षकी हुँदा महिनावारी सुरू भएको थियो। त्यो बेला मलाई महिनावारीबारे केही ज्ञान थिएन। त्यतिखेर म शिवपुरीको डाँडामा बस्थेँ। बर्खाको समयमा त्यहाँ धेरै जुका आउँथ्यो। म सानोमा धेरै चञ्चले स्वभावकी थिएँ। पहिलो पटक महिनावारी हुने बेला पनि म बाहिर दौडेर खेलिरहेकी थिएँ। दौडिरहेकै बेला मैले आफ्नो शरीरमा केही चिसो महसुस गरेँ। एकछिन त के भएको होला भनेर अचम्म लागेको थियो। तर त्यत्ति वास्ता भने गरिनँ।

“पछि झन्झन् मेरो कपडा भिज्न थाल्यो। अनि मात्र मलाई डर लागेर आफ्नो कोठामा गएर हेरेँ। आफ्नो श’रीरबाट र’ग’त आएको देख्ने’बित्तिकै मलाई जुकाले टोकेछ भन्ने लाग्यो। हतारमा दिदीलाई बोलाएर जुका निकाल्दिनू भनेर कराउन थालेँ। तर मेरो कुरा सुनेर दिदी हाँस्न थाल्नुभयो। आफू यता जुकाले टोकेर आ’त्तिए का बेला दिदी हाँ’सेको देख्दा रिस उठेको थियो। पछि भने उहाँले मलाई महिना वारी भएको र अब हरेक महिना हुन्छ भनेर सम्झाउनुभयो।

“महिनावारी भए”पछि म”लाई हिँड्न, दौडिन, खेल्न अप्ठ्यारो हुन थाल्यो। चार दिनसम्म शरीर नै गाह्रो भएर केही गर्न नसक्दा मलाई नरमाइलो लागेको थियो। हाम्रो संस्कृतिमा महिनावारी बारिँदैन। महिनावारीका चार दिन पर राखेर पूजाआजामा जान नदिने, गुरुदर्शन गर्न नदिने, भान्सामा बसेर खान नदिने जस्ता कुनै पनि कुचलन पाल -ना गर्नु परेन। मुख्य रूपमा हामीले आफ्नो स्वास्थ्य र सरसफाइलाई भने ध्यान दिनुपर्थ्यो।

“अहिले पनि गुम्बामा हामीलाई कुनै किसिमको रोकतोक छैन। महिनावारी बेला धेरै गाह्रो भयो भने अरू आनीहरू ले हेरचाह गरिदिनुहुन्छ।

“धेरै वर्षसम्म मैले महिनावारीका समयमा केबल सफा कपडा प्रयोग गरेँ। सबै आनी साथीहरूले पनि कपडा नै प्रयोग गर्थे। पछि भने बजारमा स्यानिटरी प्याड पाउने थाहा पाएको हो। पछिल्लो समय भने वातावरणलाई ध्यानमा राखेर मैले मेन्स्ट्रुअल कप प्रयोग गरिरहेकी छु।

“पहिले मलाई महिनावारीको समय अत्यधिक पेट दु’ख्थ्यो। त्यस्तो बेला पनि म सकेसम्म औषधि खान्न     थेँ, बरू तातोपानीले सेक्थेँ। केही वर्षयतादेखि भने   मलाई पेट दु’ख्ने समस्या घटिरहेको छ।

“पिएमएस पनि मलाई   उत्तिकै हुने गर्छ। सुरूमा त आफूलाई किन बिनाकारण रिस उठ्ने, रून मन लाग्ने, झिँझिने हुन्छ भनेर बुझेकी थिइनँ। आजकाल   यसरी अचानक मुड परिवर्तन भयो भने जप ध्यान गर्छु, यसले   धेरै मद्दत गर्छ।

“पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँ छन्, छिनमै खुसी हुन्छन् महिला?अब त मेरो महिनावारी रोकिने समय पनि नजिकिन थालेको छ। यस्तो बेलामा मुड धेरै तलमाथि हुन्छ। सानोतिनो कुरा मिलेन भने चाँडै रिसा उँछु। त्यसैले मसँग बस्ने बच्चाहरूलाई म अगाडि नै सचेत गराउँछु, ताकि मेरो व्यवहारले उनीहरूलाई मनमा चोट नपरोस्।

“सानैदेखि गुम्बाभित्र हुर्किएको भएर होला मलाई बाहिरी चलनबारे धेरै ज्ञान थिएन। हाम्रो स्कुल र गुम्बामा   पनि कहिल्यै महिनावारीका बेला हुने छोइछाइ विषयबारे पढाइ भएन। आमाबुबाले त झन् हामीसँग यस्तो महिनावारी वा प्रजनन् स्वास्थ्यबारे खुलेर कुरै गर्नु हुन्थेन।

“पछि अन्य संस्कृतिका चलन बुझ्दै जाँदा र तिनलाई मान्ने साथीहरूसँग घुलमिल हुन थालेपछि महिनावारी पनि बार्ने रहेछन् भन्ने थाहा पाएकी हुँ। आफूसँगैका साथीहरूलाई महिनावारीको चार दिन बार्ने नाममा छोइछाइ गर्ने कुरा सुन्दा साह्रै नराम्रो लाग्थ्यो।

“सुरूमा त चौबीस घन्टा घरका काम खटाइरहने आमा बुहारीलाई महिनावारीको बेला पर सार्दा चार दिन भए पनि आराम पाउँछन् भने, त्यो चलन ठिकै हो भनेर सोच्थेँ। तर महिनावारीलाई फोहोर वा अपवित्र मान्ने मानसिकतालाई भने मैले समर्थन गरिनँ, गर्दिनँ।

“बिस्तारै मैले धेरै ठाउँ घुम्ने मौका पाएँ। त्यही  क्रममा महिनावारी सम्बन्धी ज्ञान र मानिसहरूले त्योबेला महिला  लाई गरिने व्यवहार बुझेँ। परा पूर्वकाल महिनावारी बार्ने चलन गलत सोचले नै सुरू भएको हो भन्ने चाहिँ लाग्दैन। त्यतिखेर प्याड वा भित्री कपडा थिएन, जसले गर्दा महिना वारी बेला रगत जताजतै चुहिन सक्ने हुनाले चार-पाँच दिन एक ठाउँमा बस्न लगाइए को होला।

“मैले गुरुहरूबाट सुनेअनुसार महिनावारीमा मन्दिर जान नदिनुको पछाडि पनि छुट्टै कारण छ। त्यो बेला मन्दिरहरू बाक्लो जंगलका बीचमा हुन्थे। महिनावारीको रगत चुहिने हुँदा जंगली जनावर आएर आक्रमण गर्ने डरले सुरक्षाका लागि मन्दिर पनि जान नदिएको उहाँहरूले बताउनु हुन्छ।

“त्यति बेलाको अवस्था हेर्दा महिलालाई सुरक्षा र स्वास्थ्य  का लागि एक ठाउँमा राख्नु ठिकै हो। तर अवस्था फेरिइ सक्यो। हामीसँग उपयुक्त सामग्री छ र अहिले समाज खुला भइसक्यो। २१ औं शताब्दीमा पनि पुराना कार”णलाई आधार लिएर उही चलन मान्नु कत्तिको औचित्य छ भन्ने कुरामा हामीले मनन गर्नुपर्छ।

“बुढापाकाले सुरू गरेका चलनपछाडिका कारण नबुझी मानिसहरू अन्धभक्त भए र राम्रै चलन कुचलनका रूपमा परिवर्तन हुन थाल्यो। हामीले कहिल्यै यस विषयमा प्रश्न उठाएनौं र सही ढंगले बुझ्ने कोसिस गरेनौं। यो केबल महिलालाई सामाजिक कार्यहरूमा सीमित पार्ने सोच लिएर अगाडि बढाउन थालियो।

“महिलाले उसका लागि के सही र गलत हो भनेर       आफैं निर्णय लिन सक्छन्। आफ्नो शरीर सरसफाइ र स्वास्थ्यको ख्याल उनीहरू आफैं राख्न सक्छन्। तर हामीकहाँ महिनावारी बार्ने विषयमा पुरुषले मात्र नभई महिलाले महिलालाई नै दमन गरिरहेको पाइन्छ। उनी  हरूले नचाहँदा नचाहँदै समर्थन गरिरहेका हुन्छन्। त्यसैले परिवर्तन आफैंबाट ल्याउन प्रयास गर्नुपर्छ।

“मानिसहरूले महिनावारी बार्ने वा नबार्ने निर्णय लिनुअघि आफ्नो बुद्धि-विवेक प्रयोग गर्न जरूरी छ। महिनावारी बार्ने वा कुचलनबारे भन्नेहरूको पछि साना-ठूला, कोही लाग्नु हुँदैन।

“महिनावारी एउटा सामान्य प्राकृतिक प्रक्रिया हो। तर यस्तोबेला महिलाको शरीर निकै कमजोर हुने भएकाले खानपिन र सरसफाइमा ध्यान दिन आवश्यक छ।

“हरेक अभिभावकले आफ्ना छोराछोरीलाई यस विषयबारे खुलेर ज्ञान दिनुपर्छ। यो विशेषता स्त्री जातिमा मात्र हुन्छ, त्यसैले यसलाई हामीले सकारात्मक मान्नुपर्छ। सापटी सेतोपाटिबाट! हेर्नुस भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News