चीनले अनुदानमा दिएको कोरोना खोप आइतबार दिउँसो काठमाडौं  आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनो फार्मले उत्पादन  गरेको कोरोना भाइरसविरुद्धको खोपको ८  लाख  डोज  काठमाडौं  आइपुगेको  हो । बेइजिङ अन्त र्राष्ट्रिय  विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमा नले  आइतबार  बिहान  उक्त  परिमाणको खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।

चीनले गत माघ १८ गते  नेपाललाई  तीन लाख डोज खोप सहयोग  गर्ने  बताए  पनि फागुन १७ मा थप ५ लाख डोज थपेर  अनुदानमा  ८  लाख  डोज  खोप  उ’पलब्ध  गराउने घोषणा गरेको थियो ।यसअघि नेपाललाई भारत सरकारले सिरम   इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड को १० लाख  डोज  अनुदानमा  उपलब्ध  गराएको थियो । त्यस्तै  नेपालले  सिरमसँग २० लाख डोज खोप खरिद गर्न भुक्तानी  गरिसके  पनि  अहिलेसम्म  १०  लाख  डोज मात्रै प्राप्त भएको छ ।

त्यस्तै  कोभ्याक्स  सुविधाअन्तर्गत  नेपालले  ३  लाख  ४८ हजार  डोज  कोरोना  खोप  पाइसकेको  छ । उक्त सुविधा अन्तर्तत  नेपालले  जम्मा  २२  लाख डोज खोप पाउनेछ ।त्यस्तै भारतीय सेनाले आइतबार नेपाली सेनालाई १ लाख डोज कोरोना खोप सहयोगमार्फत उपलब्ध गराएको थियो । चीनले दिएको समेत गरी अहिलेसम्म नेपालमा ३१ लाख ४८ हजार डोज कोरोना खोप भित्रिएको छ ।

जसमध्ये करिब १६ लाख ७३ हजार डोज खोप प्रयोग भए को स्वास्थ्य  मन्त्रालयले जनाएको छनेपालले माघ १४ गते देखि कोरोना भाइरसविरुद्धको खोप  अभियान सुरु गरेको थियो  पहिलो  डोज  लगाएका  व्य’क्तिलाई  वैशाख  ७ गते देखि  दोस्रो  डोजको  खोप  उपलब्ध  गराउने मन्त्रालयको तयारी छ । स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News