
काठमाडौं,१७ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निल म्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत झाँक्रीले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र भएको बता उनुभएको छ ।
‘कमजोरहरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् ! पृथ्वी गोलो छ’, उहाँले लेख्नुभएको छ, ।अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीक रण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेता लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्नुभएको थियो ।
यो पनि पढ्नु होस् ! काठमाडौं , १७ चैत । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार र झलनाथ खानल पक्षको बैठक आज (मंगलबार) बस्ने भएको छ ।प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट नि’लम्बन गरेपछि ओलीबारे थप रणनीति बनाउन माधव– खनाल पक्षका स्थायी कमिटीको बैठक लागेको हो ।
माधव–खनाल पक्षका नेता योगेश भट्टराईका अनुसार बैठ कमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने छ । उनी हरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।नेपाल र रावल लाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरे को आ’रोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए । ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् । news24Nepal