
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताबद्ध भइसकेका दललाई पुरानै अ’वस्थामा फर्काउने अदालतको फैसलामा छिट्टै पुनरावलोकन भई यथार्थ कुरा बाहिर आउने बताएका छन् । नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला वि’रुद्ध मंगलबार पुनरावलोकनको निवेदन दर्ता गराएपछि उनले यस्तो धारणा राखेका हुन् । विगतमा पनि कतिपय फैसलामा टिप्पणी भई पुनरावलोक नको प्रश्न उठे पुनरावलोकन हुने गरेको दाहालले बताए । केही पहिलाको फैसला पनि ताजा उदाहरण रहेको हामी लाई थाहा छ,’ उनले भने, ‘एकताबद्ध भइसकेका दलहरू लाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले सच्याउनेछ भन्ने हामीलाई विश्वास छ ।’ दाहालले उक्त मुद्दा नामसम्बन्धी मात्र रहेको र निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहना नराखेको बताए । ‘नाम मात्रै करेक्सन होस् भन्ने निवेदकको माग थियो । निवेदन भन्दा बाहिर गएर गरेको नि’र्णय स’र्वोच्च अदालतले पक्कै पनि पुनरावलोकन गर्छ, केही दिनभित्रै, यसमा ढिलो गर्नु पर्नेछैन,’ उनले भने ।
प्रतिनिधसभा पुन: स्थापनाको फागुन ११ को फैसला ऐति हासिक भए पनि पार्टीको नामसम्बन्धी फागुन २३ को फैस ला स्वाभाविक नलागेको उनले दोहोर्याए । ‘फैसलाअस्वा भाविक छ, अप्राकृतिक छ र राजनीतिक प्र’कृतिको निर्णय भयो भनेर असहमति जनाएका हौं । त्यसमा पुनरावलोकन गर्नुपर्यो भनेर निवेदन दर्ता गराएको छु,’ उनले भने । स्रोत कान्तिपुर