“१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मै’दान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले प’रा’जित गर्दै थ्री नेसन्स कप फुटबलको उ’पाधि जि’त्यो । ८ खेलको गोलविहीन यात्रा टुङ्ग्याए को नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्या’सको घो’षणा गरे ।

“यो सबै खेलको एक पाटो रह्यो । सोमबारको खेलमा अर्को पाटो पनि थियो । त्यो हो, खेल अवधिभर दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति र खेलाडीहरुले लगाएको ‘केपी बा, वी लभ यू’ को नारा ।

‘केपी बा, वी लभ यू’

“मन्त्रीहरुसहित रंगशाला पुगेका प्रधा”नमन्त्री ओ”लीले रेफ्रीलाई म्याच बल ह’स्तान्तरण गर्दै खे’लको उ’द्घा’टन गरे । भीआईपी कक्षमा बसेर खेल हेरेका उनले नेपालले गोल गर्दा खुशी मनाए । खेल सकिएपछि पुरस्कार वि’तरण गरे । सन्’यास लिएका खेलाडी विराजलाई ब्लेजर लगाएर बिदाइ गरे ।

“अन्तिममा मैदानमै गएर नेपाली खेलाडीसँग बसेर सामू हिक फोटो खिचाए । फोटो खिचाउँदै गर्दा नेपाली टिमका सदस्यहरुले ‘केपी बा, वी लभ यू’ को नारा लगाए, जुन त्यहाँ उपस्थित धेरैका लागि अ’नपे’क्षित थियो ।

“साबिकको नेकपा दुई समूहमा विभाजित भएको बेला प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहका कार्यकर्ताले ‘केपी बा, वी लभ यू’ को नारा लगाउन थालेका थिए । ओली जुन जुन कार्यक्रममा जान्थे, यही नारा लाग्थ्यो ।  तर मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीकै सदस्य     हरुले पनि यो नारा लगाएका छन् ।

“केही खेलाडीले त मेडल थाप्न प्यारापिटमा जाँदा पनि ‘केपी बा, वी लभ यू’ भनेको पाइए को छ । धेरै खेलाडी केपी ओलीको फ्यान रहेको र आफूलाई पनि मन परेर त्यसो भनेको राष्ट्रिय टिमका विंगर सुजल श्रेष्ठले बताए ।मैदानमै पुगेपछि यो नारा अझै च’र्को स्व’रमा लाग्यो ।

“कसले सुरु गर्‍यो भन्ने चाहिँ यकीन छैन । प्राप्त भिडियो फुटेजहरुमा रन्जित धिमाल, विशाल राई लगा”यतका खेलाडीले सुरुमा ‘केपी बा, वी लभ यू’ भनेको देखिन्छ । नारा लगाउन सहायक प्रशिक्षक राजेश मानन्धरले पनि अगुवाइ गरेको देखिन्छ ।

सही कि गलत ?

“राष्ट्रिय टिमका खेलाडीहरुले ‘केपी बा, वी लभ यू’ भनेको भिडियो सामाजिक सञ्जाल भाइरल बनेको छ । कतिपय ले यसको आ’लोच’ना समेत गरेका छन् । यसबारे राष्ट्रिय टिमका खेलाडीहरु बो’ल्न तयार छैनन् । कतिपयले ‘मैले त हो मा हो मिलाएको हुँ ।

“सही वा ग’ल’त थाहा भएन’ भनेका छन् । ‘प्रधानमन्त्री आफैं मैदानमा आएर टिमलाई हौसला दिएपछि सम्मान स्वरुप त्यसो भनेको जस्तो लाग्छ । अब नारा लगाउने भनेर सल्लाह गरेर लगाएको होइन’ नाम उल्लेख नगर्ने शर्तमा एक खे’लाडीले भने ।

“आयोजक अखिल नेपाल फुट”बल संघ (एन्फा) का प्रवक्ता किरण राईले यो विषय अनुशासन कमिटीभन्दा म्याच कमिसनरसँग जोडिने भन्दै प्रतिक्रिया नदिने बताए ।

“फाइनल खेलका म्याच कमिसनर गोकुल थापा थिए । उनले भने मैदानबाहिरको विषय आफू लाई  न’सोध्न आग्रह गरे । ‘९० मिनेटभित्र कुनै जातजाति, भाषा लिङ्ग वा राजनीतिक विषयमा बोल्न पाइँदैन’ उनले भने, ‘त्यो खेल सकिएपछि भएको होला । यसबारे मलाई धेरै थाहा छैन ।’

“एक खेल विश्ले’षक रंगशालामा सोमबार जे भयो,      त्यो ग’लत भएको मान्छन् । ‘राजनीतिक ग’न्ध देखिए ज’स्तो भयो । यसलाई सही मान्न सकिन्न’ उनले भने ।अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News