मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम र  मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय  छ । प्रयत्न गरेको  काम  छोटै  समयमा  पूरा  हुनाले  समय  फुर्स्दिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ । लगनशीलताले  कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई  बचन दिने बानीले दुःख पाइनेछ ।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  अधिकारका  लागि  केही संघर्ष हुन सक्छ ।प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । काममा खर्च बढ्नेछ ।अर्थ अभाव खट्किए पनि चिताएको  काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ ।

मिथुन  (का, की,कू,घ,ङ,छ,के,को,हा) मेहनत गर्दा विभिन्न अवसर  प्राप्त  हुनुका  साथै  दैनिकीमा  परि’वर्तन   आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । तार्किक क्षमता एवं बोलीको  प्रभाव  बढ्नेछ  ।  आर्जित धन खर्च हुन सक्छ । आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  सुखद  समाचारले  दिन उ’त्साहपूर्ण  रहनेछ । स्वास्थ्य  सबल रहनेछ  भने  काममा पनि फाइदाको योग छ । ठीक  समयमा  सही नि’र्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । परिवारजन का आवश्यकता पूरा हुनेछन् दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

सिंह  (मा,मी,मू,मे, मो, टा, टी, टू, टे)  व्यापार  व्यवसायमा सामान्य  फाइदा  भए  पनि  पशुपालन  तथा कृषि क्षेत्रबाट राम्रो  लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ! आश्वासन बाँड्ने हरूले  झुक्याउन  सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्य मा धोका पाइएला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)शत्रु र रोगबाट  छुटकारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा  ध्यान पुर्याउनुहोला  । छर  छिमेकमा  असमझदारी बढ्ने  समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको  यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ईर्ष्यालु  मन  भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र  प्रतिस्पर्धी हरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक  प्र’तिस्पर्धामा विजयी भइनेछ चुनौतीहरू पन्छाउँदै रोकिएका  काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पहिलेको  सफलताले उत्साह जगाउनेछ बोलीको माध्यमले लाभ उठाउन सकिने छ प्रयत्न  गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उप लब्धिले थप उत्साह जगाउनेछ । भौतिक  साधन  जुट्नाले प्रसन्नता  मिल्नेछ  । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । यात्रामा विशेष लाभ होला ।

धनु   (ये, यो, भा, भी, भू, ध, फा,ढा,भे) अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।रमाइलो  यात्रा गर्ने अवसर जुट्ने छ । पुरानो समस्याले केही झमेला आइलाग्ने  सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ !प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ  परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विश्वा  समा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरू को भर नपर्नुहोला । प्र’तिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ! परिवारजनसँग आत्मी यता  बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  मेहनत एवं परिवारजन को सहयोगले  लाभ उठाउन सकिनेछ । घरायसी काम बन्ने छन् परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ  सहयो गीहरूले  पनि  विपक्षीलाई  साथ  दिनाले  काममा  चुनौती देखिएलान् केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  सुख  दुःखमा  साथ दिने हरू  प्रशस्तै  भेटिनेछन्  भने  परिवारजनको  साथले  नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । आय  आर्जनका स्रोत बढ्नेछन् । व्यापारमा  पनि  बढी  नै फाइदा हुने समय छ । आयआर्जन राम्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News