श’व  व्य’वस्थापन  गर्ने  म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले वि’श्वका १०० प्रभावशाली महिलाको सूची मा  सामेल गरेको थियो. यो सफलतामा उनी अत्यन्त खुसी थिइन् तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो। २०७३  सालमा  महेन्द्ररत्न  उच्च माध्यामिक विद्यालयबाट एसएलसी  पास  गरेकी  सपना  सदरमुकाम  म्याग्दी  गएर व्य’वस्थापन  विषयमा  कक्षा  ११  मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्।

पढाइ छाडेर कुलतमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी  थिइन् । पछि  बे’वारिसे श’व व्य’वस्थापनको काम मार्फत  उनले  आफूलाई  सामान्य  जीवनमा  फर्काए  पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् आफू जति चर्चा पाएपनि  उनलाई  पढाइ  छुटेको  विषय  खड्किर हन्थ्यो। प्र’भावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्।

 

वर्षपछि  अध्ययनमा  फर्किएकी  सपनालाई  कलेजले शत प्रतिशत   छात्रवृत्तिमा  भर्ना  गरेक   हो  ‘मलाई   बारम्बार खड्किएकोब विषय  हो  पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ नेपालखबरसँग  कुरा गर्दै सपनाले भनिन्। पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजि क अभियान्ता पुकार बमले ह्वाइट  हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्।

सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्। ह्वाइट हाउस कलेजका  कानुन  विषयका  संयोजक  हरिस भट्ट भन्छन्, ‘स्नातक  कानुन  पढ्ने हो भने अहिलेदेखि नै कानुन पढ्दा राम्रो  हुन्छ  भनेर  हामीले  सुझायौं,  त्यसपछि उनी कानुन पढ्ने  निर्णयमा  पुगिन्।’ कलेजले सपनालाई नियमित उप स्थिति  र  बीचमा  पढाइ  छाड्न  नपाइने  सर्त राखेको छ। जसमा सहमत भएकी सपना अहिले लगनशील भएर पढि रहेको  शिक्षक  भट्टले बताए। ‘मेरो पढाइ बिग्रिएको छ, म जसरी पनि पढ्छु भन्ने  अठोट  सपनामा  देखिन्छ,’ शिक्षक भट्टले  सुनाए,  ‘म  जसरी  पढ्छु  भन्छिन्।  उसको मेहनत देखेर म एकदमै खुसी छु।’

त्यसबेला  किन  घर  छाडिन्  र किन पढाइ अलपत्र पारिन् उनी  अब  सम्झन चाहनन्। तर घर छाडेकोमा भन्दा पढाइ छाडेकोमा पछुतो महसुस गरेकी छन्। ह्वाइट हाउस कलेज का कार्यकारी निर्देशक काफ्लेले  सपनाको कामको प्रशंसा गरे। ‘यस्तो राम्रो काम गरिरहेका विद्यार्थीलाई हामीले केही गर्न सकिन्छ भने किन नगर्ने भनेर पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेका हौँ,’ उनले  भने, ‘अहिले  कक्षा ११ र १२ को लागि छात्रवृत्ति दिएका छौं।आवश्यक परेको खण्डमा त्यस पछिको पढाइमा पनि हामी सहयोग गर्छौँ।’

१८ वर्षकै उमेरमा  सपनाले  निर्वाह  गरेको  समाजप्रतिको उत्तरदायित्व  कलेजका लागि पनि उदाहरणीय भएको निर्दे शक  काफ्ले बताउँछन्।‘निस्वार्थ जुन सामाजिक काम गरि रहेकी छन्,  त्यसलाई निरन्तरता दिन सकून्, अरु सामाजि क काम गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौँ,’ निर्देशक काफ्ले भन्छन्, ‘मैले गरेको काम कसैले देख्दो रहेछ, सहयोग गर्दो रहेछ भन्ने उनलाई होस्। अरु  विद्यार्थी  भाइबहिनीहरुलाई पनि यस्तो काम गर्दा  समाजले  प्रोत्साहन गर्दो रहेछ भनेर प्रेरणा मिलोस्।

बिहान  ६  बजेबाट  सुरु  भएको उनको कलेज १०ः४५ मा बिदा  हुन्छ । त्यसपछि  घर  फर्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको  समय  भने  बेवारिसे  व्यवस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ। पहिलेको संस्थाबाट अल ग  भइसकेपछि  अहिले  उनले  आफ्नै  ने’तृत्वमा बेवारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछि ल्लोसमय उनी  आफ्नै  संस्था मार्फत बेवारिसे व्यवस्थापन मा  सक्रिय  छन्।  अब  पढाइसँगै  बेवारिसे व्यवस्थापनको काममा  खटिने  उनी  बताउँछिन्।  ‘यी  दुईवटै  विषय मेरा लागि  उस्तै  हुन्।  बेवारिसे  व्यवस्थापन जसले मलाई यहाँ सम्म ल्याइपुर्यायो, पढाइ पनि उत्तिकै  म’हत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News