वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ  दशगजामै  मान्छेले  बसोबास  गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ  छ  भनेर पत्ता  लगाउन  नै गाह्रो पर्ने अ’वस्था छ । प्रदेश २ का आठ वटै जिल्ला  भारतसँग सीमा जोडिएका छन् । पूरा पुढ्नुस

स’शस्त्र प्र’हरीले  गरेको  स’र्वेक्षणका  अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा  भारतीयले  नेपाली भूमिमा बलमिचाइँ गरेका छन्। सप्तरीमा ११, सिरहा  २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६, बारा ११ र पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली  भूमि प्र’योग गरिरहेका छन् ।

सर्लाहीको मलंगवा–५ भाँड्सरका  ६५ वर्षीय समसुल हक भन्छन्,  ‘म  बालक  छँदा  घर  अगाडि  दशगजामा  पिलर थियो।अहिले त्यो पिलर छैन । त्यो ठाउँमा पारिका मान्छेले लगाएको लहलहाउँदो गहुँ छ!पुरानो पिलर ओझेलमा पाररे नयाँ  राखिएपछि  भारतीयले नेपालतर्फको जमिन अ’तिक्र मण गरेको उनी बताउँछन् !

भाँड्सर नेपाल–भारत दशगजा नजिकको गाउँ हो। २०४२ सालमा दुई देशका नापजाँच गर्ने टोली  आएर  नयाँ  पिलर नेपालतर्फ गाडिदिएको हकको  दाबी  छ । भारतीय  पक्षले नेपालतर्फ नयाँ पिलर गाड्दा नेपाली टोलीले प्र’तिवाद समे त नगरेको  उनले  बताए ‘हामी बोलेका हौं तर हामीले बोले को  कसैले  सुन्दैन,’  उनले  भने, ‘हामी  सीमामा बस्नेलाई पारिबाट हेपेको अनुभव हुन्छ ।’ स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News