
काठमाडौं, १८ चैत । आयोजना सुरु भएको २२ वर्षपछि उपत्यकावासीको घरमा मेलम्चीको पानी आइपुगेको छ । पानीको अभावमा काकाकुल नै बनेका उपत्यकाबासीले ट्याङ्रकर र जारको पानी किनेर प्रयोग गरेर प्यास मेटाउँदै आएका थिए । भिडियो अन्तिममा छ ! हेरेर प्रतिक्रिया दिनु होला !
मेलम्चीको पानी आएपछि अब पानी किन्ने अवस्था अन्त्य भयो तर, पानीको व्यवसायबाट जीवन गुजारा गर्दै आएका व्यवसायीहरुमा भने छटपटी सुरु भएको छ ।बुधबार न्यूज २४ को टोली जोरपाटीको नारायणटार पुग्दा पानी बोक्न व्यस्त हुने ट्याङ्गकरहरु फुर्सदिला थिए, भने ब्यबसायीहरु मा निराशा छाएको प्रष्ट देखिन्थ्यो ।
ट्यांङ्गकरमार्फत् हुने पानी व्य’वसायमा मासिक करिब १८ करोडको कारोबार हुने गथ्र्यो । २० हजार कामदार प्र’त्यक्ष रोजगारीमा छन् । पानी बोक्न प्रयोग भएका यी ट्यांङ्गकर हरु तत्काल अन्य ब्यबसायमा प्रयोग गर्न पनि समस्या हुने ब्यवसायीहरुको गुनासो छ । मेलम्चीबाट आएको पानी दैनिक १७ करोड लिटर वितरण गर्ने सरकारको योजना छ
यो पनि पढ्नु होस ! विराटनगर, १८ चैत्र । संघिय, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्यबाट मात्र विकास र स’मृद्धि सम्भव भएको प्र’देश १ का मुख्यमंत्री शेरधन राईले बताउनु भएको छ ! नगर विकास कोषले विराटनगर मा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मुख्यमंत्री राईले सुखि नेपाली र समृद्ध नेपाल भन्ने नारालाई साकार पार्न शहरीकरणको अवधारणा लागू गर्नुपर्ने बताउनु भयो ।
शहरी पूर्वाधार र विकास संरचना निर्माणमा आर्थिक र प्रा विधिक सहयोग गर्दै आएको नगर विकास कोषले नगरपा लिकाहरुका १ हजार २ सय योजनामा १२ अरब रुपैया लगानी गरेको छ ! पछिल्लो समय नगर विकास कोषले व्यव’स्थित शहरी विकासमा ऋण र अनुदान उ’पलब्ध गराउदै आएकोमा नगरपालिकाहरुको क्षमता विकासका लागि ४ वर्षे व्यवसायिक योजना ल्याएको र यसै बारे सो कार्यक्रममा छलफल गरिएको छ । news 24Nepal