“नेपालबाट चो’रेर अमेरिका पुर्याइएका तीन वटा प्राचीन सम्पदा फिर्ता हुने भएका छन् । ती सम्पदाको ‘उत्पत्ति र आधिकारिकता’ पुष्टि भएप छि अमेरिकाको न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालमै फ’र्काइदिन लागेको हो ।

“पन्ध्रौं–सोह्रौं शताब्दीको मा’निने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमि स्पर्श मुद्राका बु’द्ध र १३औं शताब्दीको काठमा कु’दिएको अ’प्सरा आकृतिको सम्पदा नेपाल लाई हस्तान्तरण गरिएका छन् ।

“न्युयोर्कमा बिहीबार आयोजित समारोहमा का’र्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्युयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले यी सम्पदा नेपाल लाई हस्ता न्तरण गरिएकोबारे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

“अमेरिकी गृह मन्त्रालय तथा सुरक्षा निकायको समन्वयमा फेला परेका यी सम्पदाको ‘कन्ट्री अफ ओरिजन’ (उत्पत्ति को पहिचान)बारे स्थानीय अदालतमा मुद्दा परेको र अदाल तको छिनोफानोपछि सम्पदा नेपाललाई फर्काइन लागेको संस्कृति मन्त्रालयले जानकारी दिएको छ ।

“प्राचीन सम्पदाको चोरी, ओसारपसार वा खरिदबिक्री गर्ने गिरोहमार्फत अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायले फेला पारेको भनिएका यी सम्पदा युनेस्कोको अभिसन्धि अनुसार अमेरिकाले नेपाललाई फर्काउने भए को हो ।

“स्रोतका अनुसार यी सम्पदा चो”री गरेर अमेरिका पुर्याउने गिरोह श्रीलंकाली मूलका थिए । यसबारे विस्तृत विवरण भने खुलाइएको छैन ।सन् १९७० को युनेस्को अभिसन्धि अनुसार हराएका वा चो”रिएका यस्ता सांस्कृतिक सम्पदा भेटिए,,

‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान छ । नेपाल र अमेरिका उक्त अभिसन्धि का हस्ताक्षरकर्ता हुन् । स्रोत कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News