
“सिरहानगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो । मुखिया भारतको लगडी गाउँका हुन् । उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् ।दशगजा क्षेत्रमा पुर्खा देखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफूलाई थाहा नभएको उनले बताए । “पहिले दशगजा ऐलानी पर्ती थियो । सीमा जोडिएका खेत वालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमा मा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासि न्दाले पाए सम्म मिचेका छन् ।’ उनका अनुसार दशग जा मिचिएको ठाउँमा केहीले खेती गरेका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् ।
सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अ’तिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो । भारतीय नागरिक जयनारायण मुखियाले आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । ‘कहिलेकाहीं नेपाल र भारतका प्रहरी पिलरको फोटो खिच्न आउँदा यो क्षेत्र खाली गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फोटो लिएर गएपछि फर्केर आउँदैनन् ।’
लगडी गाउँकै कपिलदेव यादवले पनि आफूहरू पुस्तौंदेखि दशगजामै बस्दै आएको सुनाए । ‘यहाँ त घर आँगनमै जंगे पिलर छ,’ उनले भने, ‘केही महिनाअघि दुवै देशका अधि कारीले फेरि सीमास्तम्भ गाडेका छन् दुवैतिरका बासिन्दाले दशगजा मिचेर बस्ती र खेती गर्ने गरेको उनले बताए । दश गजा क्षेत्रमा भारतीय नागरिक बसोबास गर्न थालेपछि २८ नम्बरको पिलरभन्दा ६० मिटर उत्तर वर्षायाममा पानी बग्ने ठाउँलाई अहिले दशगजा भन्न थालिएको उनको भनाइ छ ।
सीमावर्ती छिमेकी गाउँका नेपाली नागरिकले पनि विभिन्न ठाउँमा दशगजा क्षेत्रमा खेती गर्दै आएका छन् । सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवान पुर गाउँपालिकाको सीमावर्ती वडामा दशगजा मिचिएको छ । भारतीय प्रहरीले बोर्ड टाँगेर ठाडी बजारस्थित दशग जामै चेकपोस्ट राखेको छ ।सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको महत्त्वबारे चेतना नभएको स्थानीय कन्हैया भट्टले बताए ।
‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् भने केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिको दुवैतिर जग्गाजमिन छ !खेती गर्छन् ।दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभए को उनले सुनाए प्र’हरी प्री/प्रशासनको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर छन् । श्रोत : कान्तिपुर