काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको ने’तृत्व लि’ने नि’र्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार को नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

“प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिए को हो। माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने  ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आए का थिए ।

“तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

“दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दल हरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको सम  र्थन फिर्ता लिने ‘बताउँदै आएका छन् ।

“माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा वि’भाजित भएको   थियो । जसमा दाहाल, माधव नेपाल र झलनाथ खनाल समूह ओलीको कदमको विरोधमा र ओली आफूले चालेको क”दम सही भन्दै आएका थिए ।

“फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन: स्थापना गरिदिएपछि पनि द’लहरुबीच ध्रु’वि’करण जारी छ । सर्वोच्चबाट २३ फागुनमा भएको फैस’लाले एमाले र माओवादी केन्द्र ब्युँ’ता’इदिएको थियो ।कान्तिपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News