आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा स’म्पूर्ण न्याय  प्रेमीहरुलाई,  म,  सदिक्षा  (दुर्गा)  को हृ’दय देखि नै नमन । बिगत  ३ महिना अगाडी भएको मेरो दाईको सन्का स्पद मृ’त्यु को केस ढिसमिस हुनै आटेको थियो बुढा पाका ले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ  । यो  कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ ।

त्यो  दिन  सायद  म  माथी  इश्वरको कृ’पा  बर्सेको थियो र सायद पाप पनि धुरी बाट कराउने बेला भएको थियो ।दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइ को  फोटो  हेरुम” भन्ने  माग  बाट  सुरु भएको यो न्यायको माग  आज  सम्मानित  अदालतको नजर सम्म पुगेको छ ।

मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीकोआवाज र  हौसलाले  र’क्षा  नगरेको  भए  सायद  त्यो आवाज पनि बतास  सङै  बिलाएर  जाने  थियो  होला । तर तपाइहरुले मेरो पिडालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि  रहनु  भयो  । मैले  जतिनै  धन्यबाद  भनेपनि त्यो अपूरो  नै  हुन्छ  तर  पनि मेरो हृ’दय बाट नै निस्किएको यो ‘धन्यबाद’  सब्दलाई  स्विकारिदिनु  हुन बि’नम्र अ’नुरोध यै स्ट्याटस बाट नै गरें ।

यो  बिषयलाई  एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोड मा  पुर्याएर,  म  आज  मैले  देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा  गर्न  भनेर  U.S.A तर्फ उड्दैछु हजुरहरुको सुभकामना हमेशा रहने  छ  भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर  आउने  छु  ।  हजुरहरुको  साथ  र  सहयोग हमेसा स्मरणमा रहने छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News