प्रधानमन्त्री केपी शर्मा  ओलीले आफूलाई दिएको स’मर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा  माग्दैमा  नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।  बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको  तर त्यसो नभएका ले राजीनामा नदिएको बताएका हुन् ।

आज  मागेको  हो  र  राजीनामा ? माग्या माग्यै छ त, मागै पिच्छे  म  कसरी  दिनसक्छु  राजीनामा  ?  एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन,  दुई  दिन  माग्दैन । माग्या माग्यै छ,’ ओलीले  भने , ‘ए बाबा !  हटाउ  न त । स’मर्थन  फिर्ता  लिइदेऊ  भन्छु लिँदैन ।  अनि  राजीनामा  माग्छ ।  राजीनामा  आइहाल्छ, स’मर्थन  फिर्ता  गर  न । स’मर्थन  फिर्ता  पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’

ओलीलाई  दिएको  स’मर्थन माओवादी केन्द्रले फिर्ता लिए को  छैन  ।  ओलीले  माओवादीतर्फ  लक्षित  गर्दै  स’मर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार  प्रधानमन्त्री  ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग  गरेको  थियो । त्यस्तै, उसले ओलीलाई हटाएर आफ्नो पार्टीको  ने’तृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो ।

ओलीले राजीनामाको समाचारलाई  प्राथमिकता दिएको र सरकारले  गरेका  विकास  नि’र्माणका  कामलाई  अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो  राजीनामालाई  बढी  प्राथमिकता   दिइएको   तर सडक नि’र्माण,  मेलम्ची  खानेपानी  जस्ता  परियोजनाका समाचार अगाडि  नल्याएको भन्दै सञ्चारमाध्यमको आलो चना गरेका हुन् । ‘दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचा र छाप्दैनन्,’ ओलीको अ’सन्तुष्टि थियो ।

अ’संवैधानिक   रूपमा  प्र’तिनिधिसभा  वि’घटन   गरेपछि राजनीतिक दलहरूले  सडकदेखि  सदनसम्म  प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री ओली भने सर्वोच्चको प्र’तिनिधिसभा वि’घटनको  नि’र्णय  असंवै धानिक भनेर फैसला आउँदा पनि उक्त  कदम  सही  थियो भनेर जिकिर गर्दै आइरहेका छन् । स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News