काठमाडौं । ‘काठमाडौंमा  नै  संवाददाता छैन, लाइभ हेर्ने रिपोर्टर छैन । यस्ता  छन्  पत्रकार ।  तर,  यस्ताहरु  छन् । मामुली कुरा उचाल्छन् तर, राष्ट्रिय  म’हत्वका  कुरा  उठाउँ दैनन  मेलम्ची काठमाडौंमा पानी आउने कुरा  युगान्तकारी कुरा हो । राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको  पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधान मन्त्रीको भनेर हेडलाइन बनाउँछन् ’

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवाटारमा पत्रका रहरुविरुद्ध खनिनु भयो । एकैपटक १ सय ६५ वटा सडक नि’र्माणको  शुभारम्भ  का’र्यक्रममा  बोल्दै   मामुली   कुरा उचाल्ने तर, राष्ट्रिय महत्वका कुरा नउठाउने भन्दै  पत्रकार को  झाँको  झार्नुभयो ।  मिडियाले  मेलम्ची  खानेपानीको विषयलाई महत्वका साथ  प्र’काशित  नगरेर  अतिरञ्जित गरेकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको छ ।

उहाँका  अनुसार  देशमा  त्यस्तो खालको राष्ट्रिय म’हत्वका कुरा उठाउने मिडिया नै नेपालमा छैन यसअघि उहाँले भन्नु भयो, ‘काकाकुल भनिएको काठमाडौंलाई  तृप्त  बनाउका लागि मेलम्चीको पानी त ल्याइयो ।हामीले भगिराथले गंगा ल्याएको भनिएको सुनिएको त थियो । हामीले मेलम्चीको पानी ल्याएर देखायौँ ।’

सरकारले गरेको  सिन्को  भाँचेको  नदेखेको  पनि  उहाँको आरोप छ । गरेको काम नदेख्ने तर, राजनीति भाँड्ने काम गरेको, नेवारी संस्कृति विनाश गर्न लागेको  भन्दै  नेवारहरु उठ्नुपर्यो, फाँसीवाद आयो भनेर भन्ने गरेको  उहाँले बताउ नुभएको  छ  । ५७  अर्ब  १०  करोड  लागतमा  १ सय ६५ सडक सञ्जाल नि’र्माण  योजना  अघि  बढाइएको  प्रधान मन्त्री ओलीले बताउनुभएको छ ।

साथै, अबको  ३ वर्ष अर्थात् २०८० भित्र यी सडक योजना हरु  नि’र्माण  गरिने  उहाँको  भनाइ  छ । उहाँले  भन्नुभयो, ‘शिलान्यास गरिएका १ सय  ६५  वटा  सडक  नि’र्माणका योजनाहरु  समयमै  सम्पन्न  भएको  हेर्न  चाहन्छु  ।  कार्य सम्पादन, पुँजीगत खर्चको  समयमै  सदुपयोग, गुणस्तरीय हुन आवश्यक छ । साथै, आयोजनासँग  स’म्बन्धित  मन्त्रा लय,  विभाग  र  सरोकार  निकायहरुलाई   समयमै   काम सम्पन्न र राम्रोसँग रेखदेख गर्न अनुरोध गर्छु ।’

यदि समयमै काम सम्पन्न नभएको अवस्थामा पर्ने प्रतिकूल असरमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ  रहेको छ । विकास  सरकारको  मात्र  नभएर  सबै  तह  र  निकायको साझा सरोकारको विषय रहेको पनि उहाँले  बताउनुभयो ।विकास निर्माणप्रति अत्यन्त  संवेदनशिल  भए  अघि बढ्नु पर्ने बताउनुभएको छ ।

काम गर्ने सिलसिलामा बीचमा अवरोध भए  छानबिन  हुँदै जाने तर, काम रोक्न नपाइने उहाँले बताउनुभयो ।यसबीच मा कति बाटा निर्माण भएका छन् ? भन्ने सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङबाट जानकारी पाएको  पनि  प्रधानमन्त्री  ओलीले   बताउनुभएको  छ   ! news24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News