मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मत गर्दा विभिन्न अव सर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल  बन्नेछ । सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले  धेरैलाई  मन्त्र मुग्ध बनाउन सकिनेछ !मेहनत गर्दा पहिले रोकिएको  प्रति फल प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीको  प्रभावले  फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ  । शत्रु  र  प्र’तिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदाय को हक हितको संरक्षण गर्दै धेरैको  भलाइ  हुने  काम  गर्न सकिनेछ  रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।ॐ ॐ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अ’ध्ययनमा पछि परि ने योग  भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्ति हरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा  ध्यान  दिनु होला । आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न  सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ  । साथै,  सवारी  साधन चलाउँदा पनि सावधान रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) योजनाहरू  गोप्य  राखी प्र’तिष्ठा  जोगाउने  काम  गर्नुहोला । लगनशीलताले गुमेको प्र’तिष्ठा दिलाउन सक्छ ई’र्ष्या  गर्नेहरूबाट  सावधान  रहनु होला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । मान  सम्मान  पाइनेछ  तर  पनि  गरि  रहेको काममा केहि समस्या पर्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न अवसर प्राप्त हुना ले  मन  उत्साहित  हुनेछ  ।  तर  आफन्तको  विश्वास गर्दा समस्या उत्पन्न हुन  सक्छ । विभिन्न  अवसर  प्राप्त  हुनुका साथै    पारिवारिक  भेटघाटका  बीच  स्वा’दिष्ट  भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काममा अभिप्रेरित  गर्ने हरू  प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका  बीच वि’शेष उपहार  र  स्वादिष्ट  खानपानको आनन्द  पाइएला ।  नयाँ काम प्रारम्भ  हुनेछ  भने  विभिन्न  अवसरले पछ्याउनेछन्  । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात  पार्ने समय छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  स्वास्थ्यमा  ध्यान  पु’र्याउनु होला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता  गाँसिनेछ । नसोचे को ठाँउबाट धनमाल आर्जन हुने देखिन्छ पुराना साथीभाइ सँग भेटघाट गर्ने अवसर जुट्नेछ !केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)मेहनतले जीवनशैलीमा प’रिवर्तन  ल्याउन  सक्छ । आलोचकहरू  बढ्नेछन्   भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा  हुन  सक्छ  । तारिफ योग्य  काम  सम्पादन  हुनाले  थप  अवसर  जुट्न सक्छ । अवसर   प्राप्त  भए  पनि  काममा  हात  हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मन मिल्ने साथी भेटिनु का साथै प्रेमको बन्धन कसिन  सक्छ  । भेटघाटले  पू’र्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्नेछ । रोकि एका काममा दोहोर्याएर प्र’यत्न गर्नुहोला ।  परिवारजनसँग को  स’म्पर्कले  मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ ।

मकर  (भो, जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  मन मिल्ने  साथी  भेटिए  पनि  मनको  भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने  मौका छ नजिकका  साथीभाइ  टाढिए पनि टाढाका साथीभाइ नजि किन सक्छन् ।

कुम्भ  (गू, गे,गो,सा,सी,सू,से,सो, दा)  मित्रहरूको  सहयोग जुट्नाले  काममा  हौसला  मिल्नेछ  । प्र’तिष्ठित काम गरेर धेरैको  मन  लोभ्याउन  सकिनेछ  । आफ्नो क्षेत्रमा प्र’भुत्व जमाउन  सकिनेछ  ।  सामान्य  आम्दानी  भइरहेपनि  छर छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अप्ठ्यारा  कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको वि’श्वास  गर्दा  धोका  पाइएला ।  व्यापारमा  ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् आफ्ना योजना गोप्य राखेर अघि बढ्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News