काठमाडौं,२२ चैत्र । नेकपा  (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनले अब छिट्टै वैकल्पिक  सरकार नि’र्माण हुने विश्वास  दिलाएका छन् । पार्टीले  सरकारलाई दिएको समर्थन आज÷भोलिभित्रै  फिर्ता  लिने  पनि  उनले जनाए । आज विहान नेपाली  रेडियो ने’टवर्कबाट प्र’सारण भएको नेपाली बहस का’र्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले   प्रधानमन्त्री  केपी  शर्मा  ओलीमा  यदि  राजनैतिक नै’तिकता भएको  भए  यतिवेलासम्म राजीनामा आईसक्ने थियो भन्ने भनाई पनि राखे । तर, प्रधानमन्त्रीमा  नै’तिकता नभएकोले ओलीले राजीनामा नदिएको उनले टि’प्पणी गरे । लोकतन्त्रमा शासन गर्ने भनेको  आफूसँग  स्प’ष्ट  बहुमत हुनुपर्ने उनको तर्क छ ।

उनले  प्रधानमन्त्री  ओलीसँग  अहिले जनमतपनि नभएको दाबी  गरे । प्रमुख  प्र’तिपक्षी  दल  नेपाली  कांग्रेसले  पनि वर्तमान सरकारको विकल्प खोज्ने र यसको लागि अ’ग्रसर लिने   भनेर  नि’र्णय  गरेको  कुरा  उल्लेख  गर्दै नेता पुनले आफ्नो  पार्टीले  पनि  स’मर्थन  फिर्ता  लिने  सुनाए  उनले प्रधानमन्त्री ओलीले जे बोल्ने हो त्यो नगर्ने र जे गर्ने हो !

त्यो  कहिल्यै  नबोल्ने  गरेको  पनि स्मरण गराए उनले भने हाँको वि’रुद्धमा बहुमत पुग्यो भने फेरि  संसद् वि’घटन गर्ने उहाँको तयारी छ ! उहाँले हुँदाहुँदै एमालेलाई पनि मिलाउन सक्नुभएको छैन् । देशलाई निकास दिन्छु  भनेर राजीनामा दिन्छु भनेर कुरा गरेको होईन । ReportersNepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News