
“काठमाडौं:-भनिरहनै परेन, योगेश भट्टराई नेकपा एमाले का प्रभावशाली नेता हुन् । वि.सं. २०४० को सेरोफेरोदेखि उनी तत्कालीन नेकपा माले हुँदै एमालेमा निरन्तर सक्रिय छन्। एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेताहरू माधवकुमार नेपाल–झलनाथ खनाल समूह को ‘शीतयुद्ध’ मा भट्टराई अछुतो रहने कुरै भएन ।
“उनी नेपाल–खनाल समूहको एक हस्तीका रुपमा आफ्नो पक्षलाई बलशाली बनाउन अहोरात्र परिचालित भइरहेका छन्।आफ्नो समूहको संगठन विस्तारमा स”क्रिय भट्टराई सँग नेपालवाचका माधव बस्नेत र शालिक भट्टले भिडियो संवाद गरेका छन्।
“संवादका क्रममा भट्टराईले अहिले नेपालका सम्पूर्ण वाम पन्थीहरूबीच एकता आवश्यक रहेको औंल्याए। पछिल्लो समय फुटको स्थितिमा पुगेको नेकपा एमाले एक हुनुपर्ने ब”ताउँदै उनले भने, ‘नेकपा ए”माले एक नभई सुखै छैन । यो पार्टी फुट्ने गतिविधि ओलीले गर्न पाउनुहुन्न ।
“यदि त्यसो गरेमा उहाँ इतिहासमा कम्युनिष्ट आन्दोलन को सबैभन्दा खराब पात्र भनेर चिनिनुहुन्छ।’शीर्ष नेतृत्व कमजोर, धरातल र व्यक्त्तिगत स्वार्थसिद्धमा लागेकाले अहिलेको स्थिति सृजना भएको उनको भनाइ छ । ‘
“केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू व्यक्तिगत दाउपेचमा उत्रनुभयो,’ भट्ट राईले भने, ‘जसले गर्दा पार्टीभित्र विकराल समस्याहरू देखिँदै गए।’
भिडियोमा हेर्नुहोस भट्टराईसँगको विस्तृत संवाद”