काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् बिहीबार प्रतिनिधि सभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले

“ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् । ‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए ।

“२०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिक समेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उन ले भने, ‘त्यसो हुनाले प्रधान मन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन,

“दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रति निधित्व गर्ने बताए । ‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनि धित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असं ख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तु निष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।

“गत निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानु”पाति”कतर्फ ४१ सिट हो । कांग्रेसले प्रत्यक्षमा २३ र समा”नुपातिकमा ४० सिट जितेको थियो ।

“नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपाति कमा १७ सिट जितेको थियो । संसद”मा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News