काठमाण्डौं।जसरी “मेलम्चीको पानी काठमाण्डौ आई पुग्यो सबै तिर खुसि छायो तर ज्या’न गु’माएका इन्जिनियर र बेपत्ता,चालक लाई कति छिटै विर्सिए!कसैले सम्झेनन् ।मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका १, अम्बा थानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो ।

यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्र पति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्व जनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या”न गुमाएका इन्जिनियर बेपत्ता चालक बारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् ।”

हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवार ले श’वबिनै गरिसकेको छ । अनि श व नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खाने’पानी मन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए ।”

“आफन्तले घटनापछि ४/५ दिनसम्म सम्भावित स्थानमा श व खोजेका थिए । तर समय बित्दै जाँदा खोजीको चासो पनि हट्दै गयो । राधाकृष्णको मृ त्यु भएपछि आयोजना को परामर्शदाताका रूपमा काम गरिरहेको स्पेनको इप्टि सा बेट्स जेभी कम्पनीकाञ तर्फबाट संगमले रेकर्ड किपर को जागिर पाएका छन् ।”

“उनको परिवारलाई कम्पनीले कामदार बिमाबापतको १० लाख रुपैयाँ थमाएको छ । संगमले भने,।त्यसबाहेक अरू क्षतिपूर्ति वा सम्झिने कुनै काम भएको छैन। मेलम्ची आयो जनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर सतीश कृष्ण र सवारी चालक राधाकृष्ण दुवै सिनो हाइड्रोमार्फत।

काम गरेकाले आयोजनाले कुनै क्षतिपूर्ति नदिएको बताए ।उनले भने, ‘उचित किसिमले सम्बोधन गरिदिनुहोला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं हो हामीले विर्सन नहुने पात्रहरु हुन उहाँहरु जसको का”रण हामीले  पानी पायौ उहाँहरु गु”मायौ राज्यले पनि उचित सम्मान गरोस् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News